सुर्खेत – कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । कर्णाली सरकाले आगामि आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको हो ।
बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोडको बजेट ल्याएको बताए ।
उनका अनुसार सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको हो । जसमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार र वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार विनियोजन गरिएको छ ।