सुर्खेत – सुत्केरी अवस्था विशेष अवस्था हो र यो समयमा सुत्केरीले आफ्नो खानपान र आराममा विशेष ध्यान दिनुपर्दछ । सुत्केरीकोे खानपान र आराम वा स्याहारमा श्रीमान तथा परिवारका सदस्यले विशेष ध्यान दिनुपर्दछ ।
सुत्केरीलाई कुनै प्रकारको स्वास्थ्य समस्या वा जटिलता देखिएमा श्रीमान तथा परिवारका सदस्यले तत्काल उपचारका लागि स्वास्थ्य संस्था लानुपर्दछ । स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार सुत्केरीकोे खानपान तथा स्याहारमा श्रीमान तथा परिवारका सदस्यले ध्यान दिनुपर्दछ ।
यो समयमा खानपान र आराममा श्रीमान तथा परिवारले ध्यान नदिँदा नवजात शिशु तथा आमाको स्वास्थ्यमा जटिल्ता आई आमा र शिशुकोे स्वास्थ्यमा समेत दिर्घकालिन असर पर्न सक्दछ ।
सुत्केरी अवस्थामा महिलाले प्रसस्त आराम गर्नुपर्दछ । गरुङ्गो र भारी काम गर्नुहुँदैन । यो समयमा साबिक भन्दा थप दुई पटक पोषिलो खाना खानुपर्दछ र यसको प्रवन्ध श्रमिान तथा परिवारका सदस्यले गर्नुपर्दछ । सुत्केरी महिला चिन्तामुक्त भएर आफ्नो र नाजात शिशुको ख्याल गर्नुपर्दछ । श्रीमान् र श्रीमतीले परिवारको योजना बनाई गर्भान्तरका लागि परिवार नियोजनका साधनको प्रयोग गर्नुपर्दछ । कार्यक्रम भन्छिन आमाबाट