काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको चुनाव आगामी मंसिरसम्ममा हुने समझदारी गठवन्धनभित्र भएको बताएका छन् । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ ।
बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास-समृद्धिको यात्रा अघि बढ्ने दाबी गरे । चुनाव कहिले गर्ने भन्नेमा गठबन्धनमा मोटामोटी सहमति भइसकेको उनले बताए ।
‘चुनाव दुई चरणमा गर्ने की एक चरणमा भन्ने छलफल भइरहेको छ । सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ । तर मंसिर पहिलो सातामै चुनाव हुन्छ , त्यसमा ढुक्क भए हुन्छ’ उनले भने ।
चुनावबारे कोही कन्फ्यूजन हुनु नपर्ने पनि प्रचण्डले बताए । उनले स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा मजबुत भएर गाडिएको दाबी गरे ।