काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा ७ चोटी प्रधानमन्त्री बने नेपालको हालत के होलारु भनेर आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देउवा ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा गएको बताएका हुन्।
उनले भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा देशको हितमा आँच आउने समयमा महाकाली सन्धी पनि भयो। दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिक लगायतका सम्झौता हुँदैछन्’
प्रधानमन्त्री देउवाको गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको टिप्पणी गरेका छन्।
‘उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत। ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होलारु नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो’ उनको भनाइ छ।