सुर्खेत – सरकारले आगामी बजेट मार्फत सुर्खेतको सुभघाटमा बृहत सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्ने भएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुर्खेतको सुभघाटमा सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण हुने बताए। उक्त आयोजना मार्फत लाखौं जनसंख्या लाभान्वित हुनेछन् ।