तारा एयरको विमान दुर्घटना, चालक दलसहित २२ जनाको मृत्यु आशंका

काठमाडौं – तारा एयरको विमान दुर्घटना हुदाँ चालक दलसहित २२ जनाको मृत्यु भएको आशंका छ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएको हो।

स्रोतका अनुसार १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए । विमान लेतेमा ठोक्किएको पोखरा विमानस्थल स्रोतले जनाएको छ।

आइतबार विहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएपछि सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। विमान दुर्घटनामा परेपछि सवार सबैको मृत्यु भइसकेको आशंका गरिएको स्रोतले बताएको छ ।