गजेन्द्र महत भन्छन्– ‘गाली गर्नेलाई ३ घण्टा, कर्णालीको आवाज बोल्नेलाई ३ मिनेट ?’

काठमाडौं – सांसद गजेन्द्र बहादुर महतले प्रतिनिधिसभाको छलफलमा आफूलाई बोल्न दिएको समयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुभएका उहाँले समयसीमाप्रति असन्तुष्टि जनाउनुभएको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उहाँले गाली गर्नेलाई तीन घण्टा संसदमा समय पाए पनि कर्णालीको आवाज उठाउनेले जम्मा तीन मिनेट समय पाएको बताउनुभयो ।

‘भन्नुपर्ने धेरै कुरा थियो, लामो समय छैन,’ उहाँले भन्नुभयो, ‘अब यहाँ गाली गर्नेलाई तीन घण्टा छ र कर्णालीको आवाज सुनाउनेलाई तीन मिनेट छ, कसरी बोल्ने अलि गाह्रो भैराको छ ।’

महतले नेकपा एमालेलाई सभामुखमार्फत तालाचाबी दिनभुएको छ । आफूले धित मरुन्जेल गाली गरेर बोल्ने र अरुको पालामा अवरोध गर्नका लागि तालाचाबी दिएको उहाँले बताउनुभयो ।

‘मैले ताला र चाबी ल्याएको छु सभामुख महोदय, तपाईं९एमाले०हरु धित मरुन्जेल बोल्नुहोला र हामी बोल्ने बेलामा तालचाबी लगाइदिनुहोला,’ उहाँले थप्नुभयो, ‘र जतिबेला बोल्न मनलाग्छ आउनुहोला र बोल्नुहोला, मैले सभामुखजीलाई बुझाएँ ।’