सुर्खेत – सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । ३०० मत गणना गर्दा प्रमुखमा एमालेका बोधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डोरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् । छ वटा वडा रहेको चिङ्गाडमा अहिले वडा नं १ को मत गणना भैरहेको छ
यता बराहताल गाउँपालिकमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। तीन सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका भीम भण्डारी ९१ र एमालेबाट घनश्याम पाण्डेले ७९ मत पाएका छन्।