सुर्खेत – स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न मतदानबाट दुल्लु नगरपालिकामा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । वडा नं. १ को मतपरिणाम नेकपा (एमाले) को प्यानलै विजयी भएको छ ।
एमालेका तर्कबहादुर खड्का पाँचसय ९७ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस उम्मेदवारले तीन २५ मत प्राप्त गरे । यस्तै, मेयरमा पनि एमाले जित नजिक पुगेको छ ।
१५० मत गणना गर्न बाँकी रहदा मेयर पदका उम्मेदवार रुद्ध शाहीले पाँच सय ४२ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने, उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले तीनसय ८० मत प्राप्त गरेका छन् । शाही र कांग्रेस उम्मेदवारबीच दुई सयको मतान्तर रहेको छ ।