जुम्लाको तातोपानी गाउँपालिकामा काँग्रेसको अग्रता

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता बनाएको छ । ७१८ मत गणना गर्दा काँग्रेसका नन्दप्रसाद चौलागाईं २४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका सुरेश कुँवरले २३६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सुरत बहादुर शाही १६५ पाउँदा एकीकृत समाजवादीका हिमालय खत्रीले ३१ मत पाए ।