कोरोना भाइरसबाट उत्तर कोरियामा  पहिलो पटक एक जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरसबाट उत्तर कोरियामा  पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाअहिलेसम्म कोरोना मुक्त देशको रुपमा रहेकोमा केही दिन यता संक्रमण तीब्र रुपमा फैलिएको छ ।

यही मे महिनाको सुरुदेखि संक्रमण फैलिएको र हाल त्यहाँ ३ लाख ५० हजार जना भाइरस संक्रमणका कारण बिरामी परेको बताइएको छ ।

कोरोना संक्रमणको लक्षण भएका ६ जनाको मृत्यु भएकोमा एक जनामा संक्रमण पुष्टि भएको त्यहाँको सरकारी सञ्चार एजेञ्सी केसीएनएले जनाएको छ ।

ज्वरो आएका ३ लाख ५० हजार मध्ये १ लाख ८७ हजारलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । २ करोड ६० लाख जनसंख्या रहेको उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोनाको खोप लगाइएको छैन ।