कांग्रेस उम्मेदवारको गाडीको ठक्करबाट रुकुम पश्चिममा मतदाताको मृत्यु

रुकुम पश्चिममा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट ७० वर्षीय मतदाता प्रवीण खत्रीको मृत्यु भएको छ ।

उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायत मृतक खत्री परिवारका सदस्यहरुसँगै अस्पतालमा छन्

बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा लु३च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । गाडीमा उम्मेदवार जनककुमार बाँठा मगर सवार थिए । खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।