आज कहाँ-कहाँ हुनसक्छ वर्षा ?

काठमाडौं – आज स्थानीय तहको निर्वाचन । तर, मुलुकका केही क्षेत्रमा वर्षाको आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।

त्यस्तै शनिवार प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता आइतबार प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।