जुम्ला – देश यतिबेला चुनावी महासंग्राममा होमिएसँगै जुम्लामा पनि चुनावी रौनक बढेको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेता, कार्यकर्ता सहित उम्मेदवारहरु घरदैलो अभियानमा छन् ।
तर जुम्लामा अन्य दलका उम्मेदवार भन्दा नेपाल कम्युनिष्ट पार्टी (एमीकृत समाजवादी) का उम्मेदवारप्रति मतदाताको चासो बढेको छ । पहिलो पटक कलम चिन्ह्रबाट चुनाव लड्न लागेका नेकपा एसका उम्मेदवारलाई आ आफ्नो वडा तथा पालिकामा जिताउन मतदाता लागिपरेका छन् ।
अन्य पाटीका उम्मेदवार भन्दा नेकपा एसका उम्मेदवारप्रति मतदाताको विश्वास र भरोसा पनि बढ्दै गएको छ । चुनावी घोषणा पत्रमा समेत अन्य दलका उम्मेदवारभन्दा फरक र व्यवहारमा कार्यान्वयन गर्न सकिने जनचासोका सवाललाई नेकपा एस जुम्लाका उम्मेदवारले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
जुम्लाको तातोपानी गाउँपालिकामा नेकपा एसको नेतृत्व नभए जनता पछुताउनुपर्ने कारण सहितको प्रतिबद्धता पत्र पालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले सार्वजनिक गरेका छन् । नेकपा एसको कलम चिन्हबाट पालिका अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाई चुनाव प्रतिस्पर्धामा होमिएका हुन् ।
हरेक दृष्टिकोणबाट परिपक्क दुबै जना उम्मेदवारले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा सुत्केरी भत्ता, उच्च शिक्षाको लागि छात्रवृति, १०० युनिटबिजुली निशुल्क, प्रत्येक वस्तिमा ५० मीटरको दुरीमा सोलार वत्तिको व्यवस्था, मुख्य स्थानमा सर्वसुलभ वाइ.फाइ सुविधा, कृषि अनुदान, पालिका स्तरमा बृहत कोल्डस्टोर निर्माण, भेडापाल्ने किसानलाई मासिक गोठालो भत्ता, कच्चि सडकलाई ५ वर्ष भित्र ग्रावलिङ गरी सडकको स्तरोन्नति, खेलाडीलाई प्रोत्साहन र बृद्ध भत्ता घरदैलोमा उपलब्ध तथा बृद्धाश्रमको व्यवस्था लगाएतका धेरै नयाँ र जनहितमा आकर्षित योजना उल्लेख छन् ।
प्रतिबद्धता पत्रमा भनिएको छ, ‘स्थानीय सरकार सवल, सक्षम र प्रभावकारी तब मात्र हुन सक्छ जब सही नेतृत्वको चयन हुन सक्छ । समयमै हामीले यसमा विचार पु¥याएनौ भने भविष्यमा पछुताउनु बाहेक केही हुँदैन । त्यसैले नेकपा एसको नेतृत्व चयन गर्न सबैमा हार्दिक अपिल गर्दछौ ।’
अध्यक्ष पदका उम्मेदवार हिमालय खत्रीले आफुले चुनाव जितेमा हरेक क्षेत्रमा रोजगार बृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने बताए । उनले भने, ‘नेकपा एसका उम्मेलवारलाई नजिताए पछुताउनुपर्ला ।’
यस्तै उपाध्यक्ष पदका उम्मेदवार नारायणी चौलागाईले आफुले चुनाव जितेमा विकासको नेतृत्व गर्दै समाजमा विद्यमान कुरीति, कुसंस्कार, बालबिवाह, लैंगिक हिंसा न्यूनिकरण जस्ता कार्यक्रम संचालन गरेर शान्त पालिका निर्माणमा जोड दिने बताइन् । साथै कृषिबाट आत्मनिर्भर बन्ने खालका कार्यक्रम संचलान गरिने उनको भनाइ छ ।
यस्तो छ, नेकपा एसको नेतृत्व चयन नभए जनता पछुताउनुपर्ने कारणसहित प्रतिबद्धता पत्र :
आदरणीय आमा,बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा
हार्दिक नमस्कार ।
सर्वप्रथम नव वर्ष २०७९ सालको हार्दिक शुभकामना व्यक्त गर्दछौ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि दोस्रो पटक स्थानीय सरकारको निर्वाचन हुन गइरहेको छ । नव वर्षको आगमनसँगै जुम्ला जिल्लाको तातोपानी गाउँपालिका बासीको सर्वाङ्गीण विकास, प्रगति र उन्नतिको लागि यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा हामी तपाईहरुको साथ, सहयोगको अपेक्षा सहित अमूल्य मतदानको लागि हजुरहरुको घर दैलोमा उपस्थित भएका छौ । हजुरहरुको सही निर्णयले सारा गाउँपालिकाको प्रगति र उन्नति हुने हामीले आशा गरेको छौ । स्थानीय सरकार सवल, सक्षम र प्रभावकारी तब मात्र हुन सक्छ जब सही नेतृत्वको चयन हुन सक्छ । समयमै हामीले यसमा विचार पु¥याएनौ भने भविष्यमा पछुताउनु बाहेक केही हुँदैन । हाम्रो भविष्य हाम्रै हातमा हुने भएकाले आगामी वैशाख ३० गते हुने निर्वाचनमा सक्रियतापूर्वक भाग लिन र सही नेतृत्व चयन गर्न हार्दिक अपिल गर्दछौ । यस निर्वाचनका सन्दर्भमा जुम्लाका विभिन्न स्थानीय तहहरुमा नेपाल कम्यनिुष्ट पार्र्टी (एकीकृत समाजवादी) ले आफ्ना चुनावी नारा र प्रतिबद्धता सहित निर्वाचनमा होमिएको कुरा अवगत गराउँदछौ । तातोपानी गाउँपालिकाकोे समग्र विकासको लागि कलम चिन्हमा मतदान गरी हाम्रा उम्मेदवारहरुलाई विजय गराईदिन हुन विनम्र अनुरोध गर्दछौ ।
हाम्रा प्रतिबद्धताहरु :
स्वास्थ्य :
स्थानीय सरकारको बजेटको १ नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने छ ।
जटिल खालका शल्यक्रियाहरु बाहेकका उपचारहरु स्थानीय स्वास्थ्य केन्द्रबाट निशुल्क उपलब्ध गराइने छ ।
सबै वडामा अनिवार्य रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।
स्वास्थ्य बीमा योजना घरघरमा पु¥याउन अभियान चलाइनेछ तथा विपन्न वर्गका व्यक्तिलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइने छ ।
प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको व्यवस्था गरिने छ ।
सुत्केरी आमाहरुलाई तीन महिनासम्मका लागि सुत्केरी भत्ताको व्यवस्था मिलाइने छ ।
स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई आवश्यक तालिव तथा प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ ।
विधार्थीको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै प्रत्येक माध्यमिक विद्यालयमा गाउँपालिका मार्पmत १ जना स्टाफ नर्सको व्यवस्था गरिनेछ ।
जेष्ठ नागरिक अपाङ्ग, असक्त, गर्भवति, दीर्घरोगी, सुत्केरी र फरक क्षमता भएका नागरिकलाई घर दैलोमा प्रत्येक दुई महिनाको एक चोटी घुम्ती स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।
शिक्षा :
शिशुदेखि कक्षा २ सम्म मन्टेश्वरी बेसमा शिक्षा सेवा दिइने छ ।
गरिव तथा विपन्न वर्गका कक्षा १ देखि १२ कक्षा सम्मका विधार्थीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरिने छ ।
पालिकाका प्रत्येक वडामा पुस्तकालयको व्यवस्था गरिने छ ।
शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई नियमित गुणस्तरीय तालिमको व्यवस्था गरिने छ ।
बालिका तथा अपाङ्ग मैत्री शौचालयको व्यवस्था गरी हरेक विद्यालयमा स्यानिटरी प्याड वेन्डिङ मेसिनको प्रवन्ध गर्न आवश्यक पहल गरिनेछ ।
आवश्यकता अनुसार माध्यमिक विद्यालयमा प्राविधिक धार तथा कम्प्युटर प्रयोगशालाको सुनिश्चितता गरिने छ ।
गाउँपालिकाका माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरु मध्ये एस.ई.इ. मा उत्कृष्ट नतिजा ल्याउने १ जना छात्र १ जना छात्रालाई उच्च शिक्षाको लागि छात्रवृतिको व्यवस्था गरिनेछ ।
अहिलेको सूचना प्राविधिलाई मध्यनजर गर्दै प्रत्येक माध्यमिक विद्यालयमा आई. टी. व्यवस्था गरिनेछ ।
विजुली, खानेपानी तथा संचार
गाउँपालिका प्रत्येक घरघरमा स्वच्छ खानेपानीको धारा जडान गरिनेछ ।
प्रत्येक घरपरिवारलाई १०० युनिटबिजुली निशुल्क उपलब्ध गराइने छ ।
विद्युत सेवा नपुगेका हरेक वस्तिमा आधारभूत विद्युत सेवा उपलब्ध गराइने छ ।
हालको विद्युतीय सेवा नाममात्रको भएको हुँदा त्यसको बैकल्पिक नियमित आपूर्तिको व्यवस्था गर्न प्रदेश तथा संघिय सरकार संग समन्वय गरी व्यवस्था गरिने छ ।
टेलिफोन, इन्टरनेट र विजुली वत्तिको तार भूमिगत व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ ।
गाउँपालिकाका प्रत्येक वस्तिमा ५० मीटरको दुरीमा सोलार वत्तिको व्यवस्था गरिने छ ।
गाउँपालिकाको मुख्य मुख्य स्थानहरुमा टेलिफोन तावर राखी सर्वसुलभ वाइ.फाइ सुविधा उपलब्ध गराइने छ ।
प्रकाशको प्रावर्तनबाट ढिलो घाम पर्ने स्थानहरुमा जस्तै (डाँगीबाडा, गौतमबाडा) मा सूर्यदय पश्चात प्रकाश फर्काएर समयमै घाम लाग्न्ने व्यवस्थाकाका लागि आवश्यक पहल गरिने छ ।
कृषि तथा पशुपन्क्षी :
जैविक खेती प्रणालीलाई प्रोत्साहन गरिने छ । त्यसका लागि मल, बीउ र जैविक किटनाशकहरु उपलब्ध गराइने छ । साथै जैविक खेतीको प्रमाणीकरण गर्न कृर्षकलाई सहयोग गरिने छ ।
वास्तविक कृर्षकको पहिचान गरी कृषि अनुदान कृषकले पाउने व्यवस्था मिलाइने छ ।
पालिकामा रहेका बाझो जमिनको उपभोग गरी स्याउ, ओखर, आलु, सिमी खेती गरी आयआर्जनमा टेवा पु¥याउनेछ ।
पालिकाका प्रत्येक वडामा तरकारी संकलन केन्द्र स्थापना गरी बजारीकरणलाई सर्वशुलभ गराइने छ ।
अनुदानमा आधारित पावर टिलर, थे्र्रसर लगाएतका कृषि यन्त्रहरु कृषि कार्यालय र सुपरजोनसंग समन्वय गरी निशुल्क उपलब्ध गराइने व्यवस्था गरिने छ ।
बेमौसमी तरकारी, फलपूmल र च्याउ खेतिका जोड दिइ किसानहरुलाई आवश्यक प्रोत्साहनको व्यवस्था गरिने छ ।
बढ्दो दुधको मागलाई आपूर्ति गर्न व्यावसायिक गाई तथा भैसी पालनलाई प्रोत्साहन गर्न किसानहरुलाई अनुदानको आवश्यक व्यवस्थागर्न पहल गरिने छ ।
व्यवस्थित डेरी उद्योग, मासु पसल र वधशालाको निर्माण तथा व्यवस्थापन गर्न गाउँपालिकाको विशेष पहल रहने छ ।
फलफूल उत्पादन तथा बजारीकरणका लागि पालिका स्तरमा बृहत कोल्डस्टोर निर्माण गरिने छ ।
तातोपानी क्षेत्रमा रहेका जल, जंगल र जमिनको संरक्षण गरी जडीबुटी खेतितर्फ किसानलाई आकर्षित गर्न गाउँपालिका मार्फत अनुदानको व्यबस्था गरी कृषकलाई लाभान्वित गरिने छ ।
पशुपालन ब्यवसायमा किसानलाई आर्कषित गर्न भेडापाल्ने किसानलाई मासिक गोठालो भत्ता नियमित उपलब्ध गराइने छ ।
सडक तथा यातायात
गाउँपालिकाका क्षेत्र भित्रका सम्पूर्ण कच्चि सडकलाई ५ वर्ष भित्र ग्रावलिङ गरी सडकको स्तरोन्नति गरिने छ ।
राँकादेखि तरापी हुदैँ टोप्लासम्मको सडकलाई यथासक्य छिटो स्तरोन्नति गरी सन्चालनमा ल्याइने छ ।
हाँकुहुदैँ गिडीखोला, गिडीदह भएर भूरिचुल्ला तरापी सम्मको पर्यटकीय पैदलमार्ग निर्माण गरिने छ ।
फोहोरमैला व्यवस्थापन तथा सरसफाई
हरेक घर परिवारलाई कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्न लगाई फोहोर सङ्कलन तथा व्यवस्थापनमा अभिपे्ररित गरिने छ ।
तातोपानी धारा र त्यस वरीपरीको क्षेत्र सुन्दर सफागर्न डस्टविन राख्नुको साथै साइटमा वृक्षरोपण गरेर सानो हरित पार्क निर्माण गरिने छ र ढल निकासलाई उचित व्यवस्थापन गरिने छ ।
गाउँपालिकाका मूख्य ठाउँहरुमा सार्वजनिक सौचालय निर्माण गरी व्यवस्थापन गरिने छ ।
गाउँपालिकाको अगुवाईमा प्रत्येक शनिवार टोल सरसफाइ अभियान संचालन गरिने छ महिनको २ पटक सरसफाई सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।
गाउँपालिका क्षेत्र भित्र वृक्षारोपण कार्यक्रमलाई बढवा दिई भिरालो पाखो जमिनको उपयोग गरिने छ ।
पर्यटन तथा खेलकुद :
धार्मिक तथा पर्यटकीय स्थल बाबिरो र सुन्दरगाउँ मस्टोको मन्दिरको संरक्षण सम्वर्धन तथा व्यवस्थापन गर्न आवश्यक पहल गरी पर्यटनको प्रवद्धन गरिने छ ।
लछालकृति पैकलाको दरवारलाई उत्खनन गरी पुननिर्माण गरिने छ ।
तातोपानी धारालाई सुव्यवस्थित पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
माईथाप्ला र तरापी चौरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक पूर्वाधारको विकास गरिने छ ।
तातोपानी गा.पा.को एैरेनी र जर्मीमा व्यवस्थित होम स्टेको स्थापना गरी प्रर्यटकहरुलाई आर्कषित गरिने छ ।
गाउँपालिकाको क्षेत्र भित्रपर्ने हाँकुटापुमा जिल्ला स्तरको रङ्गशाला निर्माण गर्न संघ, प्रदेश सरकारसंग समन्वय गरी आवश्यक पहल गरिने छ ।
खेलाडीहरुको प्रोत्साहनको लागि गाउँपालिकाबाट आवश्यक बजेटको व्यवस्थापन गरिने छ ।
सुशासन र जनशक्ति व्यवस्थापन :
सुशासन सहितको नगर निर्माण गर्न हामी सम्पूर्ण पदाधिकारीहरु प्रतिवद्ध रहने छौ ।
पारदर्शिता जनसहभागिता योजनावद्ध कार्य प्रणालीलाई आत्मसात गरी भष्ट्राचार मुक्त गाउँपालिका निर्माणमा लागि पर्ने छौ ।
पालिकावासीको अपार स्नेहले हामीलाई निर्वाचित गराएको खण्डमा निर्वाचित भएकै दिनमा आफ्नो सम्पति विवरण प्रस्तुत गर्ने छौ र जनताको हितमा काम गर्न प्रतिवद्ध रहने छौ ।
स्थानीय तहका सवारी साधान लगाएतका सरकारी सम्पतिको दुरुपयोग गरिने छैन र गर्न दिइने छौनौ ।
सरकारी कार्यको ढिला सुस्तीलाई मध्यनजर गर्दै प्रभावकारी कार्य सम्पादनको लागि डिजिटल कारोवारोलाई प्रोत्साहन गरिनेछ ।
भष्ट्राचारीलाई उन्मुक्ति हुने अवस्थाको अन्त्य गरी राज्यका कानुन र संयत्रलाई सुदृढित र व्यवस्थितगर्न आवश्यक पहल गरिने छ ।
युवा स्वरोजगार र जेष्ठनागरिक
युवा रोजगारका लागि आवश्यक तालिमको व्यवस्था गरी युवाहरलाई अवसर दिइने छ ।
तालिम युक्त जनशक्तिलाई उद्यामी बनाउन उपकरण तथा औजारहरुमा ८० प्रतिशत अनुदानको व्यवस्था गरिने छ ।
जेष्ठ नागरिकहरु सुविधाको लागि बृद्ध भत्ता घरदैलोमा उपलब्ध गराउने व्यवस्था गराइने छ ।
वयोबृद्धाहरुलाई उचित स्याहार संमारको लागि व्यवस्थित वृद्धाश्रामको व्यवस्था गरिने छ ।
शान्ति सुरक्षा :
पालिका क्षेत्रको शान्ति सुरक्षालाई प्रबद्धन गर्न प्रहरीको बिटको व्यवस्था गरी पालिकाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिइने छ ।
पालिका क्षेत्रको मूख्य चोकहरुमा सि.सि. क्यामेरा जडान गरिने छ ।
लागु पदार्थ सेवन तथा कारोवारोबाट थुप्रै युवाहरु प्रभावित भएकाले यसको रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पहल गरी न्यूनिकरण गरिने छ ।
तातोपानी धारामा भिडभाड हुने र रातिको समयमा भैझगडा समेत हुने भएकोले प्रहरी विटको व्यवस्था गरी सुरक्षाको प्रबन्ध मिलाइने छ ।
मदिरा सेवनलाई न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु संन्चालन गरिनुको साथै स्थानीय कानूनलाई कडाईका साथ लागु गरिने छ ।