३ मतले चुनाव हराईएका भैरव फेरी पालिका अध्यक्षमा भिड्दै


जुम्ला – २०७४ को स्थानीय निर्वाचनमा सड्यन्त्रपूर्वक ३ मतान्तरले चुनाव हराइएका भैरव बहादुर रोकाया फेरी हिमा गाउँपालिकाको अध्यक्षमा भिड्दैछन् ।

उनी नेकपा एकिकृत समाजबादीबाट टिकट लिएर पालिका अध्यक्षमा चुनाव लड्दैछन् । २०७४ को स्थानीय निर्वाचनमा उनले माओबादी केन्द्रका उम्मेदवार रजबहादुर शाहीसँग अकल्पनिय ३ मतको पराजित सहनुपरेको थियो ।

निर्वाचनको मत परिणामपछि अदालतमा मुद्दा समेत दायर भयो । तर राज्य शक्तिको चरम दुरुपयोगका कारण उनले न्याय पाएनन् । र अन्तत बाध्यात्मक हार स्विकार सहनुपर्ने स्थिती बन्यो ।

जनताको अपार माया पाएर पनि पहुँच, राज्य शक्तिको चरम दुरुपयोग र क्षेत्रीयताको फाईदा उठाएर केही समुह तथा व्यक्तिहरुले विभित्र तिकडम, जालझेल गरी भैरवबहादुरलाई ३ मतले चुनाव हराएका थिए ।

तर यस पटक फेरी जनताको अपार माया र मागका आधारमा भैरव बहादुरले पालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनलाई अध्यक्षमा जिताउन हिमावासी आतुर भई बैशाख ३० गते मतदान गर्ने दिनकुरी बसेका छन् ।

कम बोल्ने, सबैलाई छिट्टै माया र विश्वास गर्ने अनी अवसर पाए काम गरेर देखाउने स्वभावका भैरवबहादुर यसपटक चुनाव जित्ने दावी गर्छन् । आफुले चुनाव जितेमा गाउँपालिकाको सबै क्षेत्रको विकासको नेतृत्व लिने भैरव बहादुर रोकायाको भनाइ छ । भैरव बहादुरको उम्मेदवारीपछि उहाँको प्रशंसा हिमा गाउँपालिका मात्रै नभई जुम्लाभर बढेको छ ।

फेशबुकमा स्टाटस लेख्दै जीवन भण्डारी भन्नुहुन्छ, “ईमानदार, सोझो र पहुँचविहिन एक हिमा गाउँपालिकाको अनकन्टार दुर्गमवस्तिको एक निरिह, अनुहारमा न चिल्लोपन छ । न सुकिलो अनुहार छ । चाउरी परेको अनुहार । चरम संकट र गरिवी । धेरै टाठाबाठाहरुको ठगिको शिकार भएको केटो भैबहादुर फेरी पनि उम्मेदवार भएको छ । यो युद्ध मैदानमा सारथीको भुमिकामा एक अब्बल र अनन्त आकाशको राजनीतिक भविष्यको परिदृश्य देख्ने क्षमतावान युवा नेता धिरेन्द्र शाहीको कमाण्डमा चलेको छ । यो सुन्दर कम्बिनेशनले अर्थपूर्ण भुमिका मात्रै होईन अनन्तसम्म हिमा गाउँ पालिका यस्तै भरोसायोग्य अनुहारको हातमा हुनेछ भन्ने अपेक्षा गरेको छु ।”

उनले फेरी थप्दै भनेका छन्, “तपाईंहरुको आन्तरिक समस्या, तपाईंहरुको मतभेद, तपाईंहरुको वडाको समस्या तपाईंहरुले हल गरेर यो निरीह अनकण्टर बस्तिको सोझो, ईमानदार, हेपिएको, ठगिएको, तिकडम र जालझेलको ठूलो शिकार भएको यो गाउँले ठिटोका लागि कृपया धर्म गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु । अब जालझेल हुन नदिने संचित शक्ति तयारी अवस्थामा छ । एक पटक न्याय गरिदिनुहोस यो निरीह केटालाई ! सधैं सधैं ऋणि भईरहेने छौ  !!”