वीरेन्द्रनगर-५ को वडाध्यक्षमा गुरुङको पुन: उम्मेदवारी


सुर्खेत – वीरेन्द्रनगर नगरपालिका ५ को वडाध्यक्षमा राजकुमार गुरुङको पुन ः उम्मेदवारी परेको छ ।

निवर्तमान वडाध्यक्ष गुरुङ नेपाली कांग्रेसबाट सोही पदमा पुनः उम्मेदवार बनेका हुन् । उनले पदबाट राजीनामा दिएर यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरी वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

२०७४ सालको निर्बाचनमा विजयी भएपछि उनको नेतृत्वमा हाल वडा कार्यलय बनेको छ । यस्तै स्वास्थ भवन निर्माण भएको छ । भने निमाबी स्कुल माध्यामिक तहको बनाइएको गुरुङले बताए ।

उनका अनुसार उनी निर्वाचित भएपछि वडामा सडक, पूल बनेका छन् । प्राविधिक शिक्षालयको स्थापना भएको छ । हालै वडालाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ ।

आगामी स्थानीय निर्वाचनमा पनि आफुले चुनाव जित्ने राजकुमार गुरुङको दावी छ । यदी आफु विजयी भएमा आगामी बर्ष शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगाएत क्षेत्रका समस्या समाधानका लागि थप पहल गर्ने बताए । युवा स्वरोजगार, कुपोषण अन्त्य, लागू औषध दुव्र्यशनी न्यूनिकरण लगाएतका कार्यक्रम संचालन गर्ने गुरुङले बताए ।

अघिल्लो कार्यकालमा आफ्ना अधुरा काम तथा योजना पुरा गर्न फेरी आफुलाई चुनाव जिताउन उनको आग्रह छ ।