चीनले पाकिस्तानको कराँची विश्वविद्यालयमा भएको बम विस्फोटको छानविन गर्न माग गरेको छ।
मंगलबार भएको विस्फोटमा आफ्ना तीन नागरिकको मृत्यु भएपछि चीनले यो विषयमा छानबिन गर्न माग गरेको हो।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार पाकिस्तनस्थित चिनिया दूतावासले घटनाको कडा निन्दा गरेको छ। उसले आफ्ना नागरिकलाई पूर्ण सुरक्षा दिन पनि पाकिस्तानलाई आग्रह गरेको छ।
यो घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यसलाई आतंकवाद र कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्।
कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनिया शिक्षकको मृत्यु भएको थियो। विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको थियो।