सुर्खेत – जुम्लामा पनि सत्ता गठबन्धन दलहरु छुट्टाछुट्टै उम्मेदवार मनोनयन गर्दै चुनावी मैदानमा होमिएपछि नेकपा एकिकृत समाजबादी चुनाव लक्षित कार्यक्रममा केन्द्रित भएको छ ।
चुनावी मैदानमा अन्य दलभन्दा कडा र फरक रुपले प्रस्तुत हुदै नेकपा एस जुम्लाले आफ्ना उम्मेदवारलाई जिताउन लागि परेको छ ।
नेकपा एसबाट जुम्लाका आठ वटै पालिकामा प्रमुख उपप्रमुखको उम्मेदवारी परेको हो । उम्मेदवारी मनोनयनपछि चुनाव जित्ने दावीका साथ उम्मेदवारहरु चुनाव लक्षित कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।
भने कार्यकर्ताहरु पनि आफ्ना उम्मेदवारलाई जिताउन लागि परेका छन् । नेकपा एसबाट उम्मेदवारी दिएका उम्मेदवारहरु पहिलो पटक कलम चिन्हबाट चुनाव लड्दैछन् । आम नागरिक पनि नेकपा एसका उम्मेदवारलाई जिताउन कलम चिन्हमा मतदान गर्न आतुर छन् ।
यी हुन्, प्रमुख-उपप्रमुख पदका उम्मेदवार !
१, चन्दननाथ नगरपालिका
मेयर : जयलक्ष्मी चौलागाई
उपमेयर : भिम थापा
२, गोठीचौर गाउँ पालिका
अध्यक्ष : जनक थकाली
उपाध्यक्ष : शान्ति मल्ल भण्डारी
३, पातारासी गाउँपालिका
अध्यक्ष : बृख महतारा
उपाध्यक्ष : रमा भण्डारी
४, तातोपानी गाउँपालिका
अध्यक्ष : हिमालय खत्री
उपाध्यक्ष : नारायणी चौलागाई
५, तिला गाउँपालिका
अध्यक्ष : जोगबहादुर रावत
उपाध्यक्ष : जानकी शाही
६, हिमा गाउँपालिका
अध्यक्ष : भैरव बहादुर रोकाय
उपाध्यक्ष : देबु शाही
७, सिजा गाउँपालिका
अध्यक्ष : कमल खत्री
उपाध्यक्ष : हिमाली भण्डारी
८, कनकासुन्दरी गाउँपालिका
अध्यक्ष : पदमबहादुर वुढा
उपाध्यक्ष : धनरुपा वुढा
नेकपा एसका उम्मेदवारलाई किन जिताउने ?
अन्य राजनैतिक दलभन्दा जुम्लामा नेकपा एसका उम्मेदवारहरु स्वच्छ छवि भएका, दक्ष र क्षमतावान योग्य उम्मेदवार छन् । नेकपा एसका उम्मेदवारहरुमा राजनैतिक र विकासमा नयाँ नेतृत्व लिने क्षमता हुनुका साथै जनहितमा काम गर्ने दिर्घ सोच र योजना छ ।
अरुलाई पटक पटक जिताएका जुम्लाका आम मतदाता नागरिकहरु यस पटक नेकपा एसका उम्मेदवारलाई जिताउनै पर्ने सोचमा छन् । शिक्षा, स्वास्थ्य, खानोपानी, विद्युत लगाएत क्षेत्रको विकासका लागि समाजबादीका उम्मेदवारहर लागि पर्ने बताउँछन् ।
नेकपा एकिकृत समाजबादी नेपाली श्रमजिवी सर्वहासा वर्गका जनताको हित प्रतिनिधित्व गर्ने राजनैतिक संस्था हो । नेपाली समाजमा व्याप्त सामान्ती तथा साम्राज्यबादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी बैज्ञानिक समाजबादको स्थापना गर्ने र समाजमा रहेका सबैखाले विभेदहरुको अन्त्य गरी न्याय र समानतासहितको स्वतन्त्रता भएको तथा जनाताको सुख र समृद्धिको सुनिश्चितता भएको समाज अर्थात साम्यबादी समाजको स्थापना गर्ने लक्ष्य छ । यी उदेश्यमध्ये अधिकांश काम गर्न बाँकी रहेकोले ती लक्ष्य प्राप्तीका लागि संघर्षमा डटिरहने नेकपा एसका उम्मेदवारहरुको भनाइ छ ।
एसका उम्मेदवारले चुनाव जितेमा…
हाम्रा युवा हामी सँगै !
खानी, कृषि, पशु र वन उद्योग व्यापार, पर्यटन हाम्रा धन !
हाम्रो नगर, हरियाली नगर !
जनतासँग मेयर, जनतासँग अध्यक्ष !
गाउँगाउँम सिंह दरवार घरघरमा अधिकार !
जनताको अधिकार निशुल्क स्वास्थ्य उपचार !
जनताको अधिकार भ्रष्टचारमुक्त बलियो स्थानीय सरकार !
हाम्रो सहर, आत्मनिर्भर सहर !
एक गाउँ एक सहकारी, एक घर एक रोजगारी !
जनमुखी स्थानीय सरकार, समृद्धि र समाजबादको आधार ! लगाएत पाटीले तय गरेको अवधारणा अनुसारका कार्यक्रम जु्म्लामा पनि लागु गर्ने उम्मेदवारले जनाएका छन् ।