सुर्खेत – कर्णाली प्रदेशमा हालसम्म ३२ जना औलोका बिरामी भेटिएका छन् । जसमा सबैभन्दा बढी बिरामी सुर्खेतमा रहेका छन् ।
एक तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका हुन् । वीरेन्द्रनगरमा सोमबार सम्पन्न पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमका अवसरमा सो तथ्यांक प्रस्तुत गरिएको हो ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका ३२ जना औलोका बिरामीमध्ये सुर्खेतमा १४, हुम्लामा ५, मुगुमा ६, कालिकोटमा ३, दैलेखमा १, सल्यानमा २ र रुकुम पश्चिममा १ जना औलोका बिरामी रहेका छन् । तर जाजरकोट, जुम्ला र सल्यानमा भने औला बिरामी नरहेको कार्यालयले जनाएको छ ।
निर्देशनालयका अनुसार नेपालमा औलोका बिरामी प्राय भारतबाट आउने नागरिकमा देखा पर्ने गरेको छ ।
कार्यक्रममा सरकारले अपनाएको औलो नियन्त्रण रणनीति अनुसार नेपाल तथा कर्णालीमा औलोको अवस्था र नियन्त्रण तथा उपचारमा स्वास्थ सेवा निर्देशनालयले गरेको प्रयास र प्रगतिका बारेमा जानकारी गराईएको थियो ।
सन् २०२५ सम्म नेपाललाई पूर्ण अैलो मुक्त बनाउँने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने स्थानीय मृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य अनुसार कार्यालयले काम गरिरहेको छ ।