काठमाडौं – कृष्णसागरमा तैनाथ रुसी युद्धपोतमा विष्फोट भएको छ । युक्रेनसँगको युद्धका लागि तैनाथ मोस्क्भा नामको युद्धपोतमा विष्फोटपछि आगो लागेर ब्यापक क्षति पुगेको छ ।
युक्रेनले आफ्नो सेनाले प्रहार गरेको दुई वटा क्रुज मिसाइलले युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ ।
उता, रुसले युद्धपोतमा क्षति पुगेको स्वीकार्दै त्यसको कारणको विषयमा अध्ययन भईरहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो प्रमुख युद्धपोतमा गम्भीर रुपमा क्षति पुगेको र अनुसन्धान भईरहेको बताएको छ ।
यसैगरी, अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहयोग घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त सहयोग घोषणा गर्नुभएको हो ।