मासु खाने विषयमा विद्यार्थीबीच झडप, १५ जना घाइते


काठमाडौं – भारतको जवाहरलाल नेहरु विश्वविद्यालय ९जेनएयू०मा वामपन्थी छात्र संगठन आइसा र अखिल भारतीय विद्यार्थी परिषद् ९एबिभिपी० बीच झडप भएको छ।

झडपमा १५ विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानामा एबिभिपी कार्यकर्ताहरूले अवरोध गरेपछि झडप भएको थियो।

प्रहरी घटनास्थलमा पुगेको अनुसन्धान गरिरहेको छ।