सरसफाइले नै सभ्य समाजको परिचय दिन्छ : मुख्यमन्त्री शाही

सुर्खेत –  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरसफाइनै सभ्य समाजको परिचय भएको बताएका छन् । शनिबार वीरेन्द्रनगर नगरपालिका-५ लाई  सफा र स्वच्छ वडा घोषणा गर्दै मुख्यमन्त्री शाहीले सरसफाइले समाजको असली परिचय दिने बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीलाई पूर्ण सरसफाइयुक्त र स्वच्छ प्रदेश बनाउने अभियानको सुरुवात प्रदेश राजधानीबाट गर्नुपर्ने पनि बताए । समाज कस्तो भन्ने थाहा पाउन त्यहाँको सरसफाइ र स्वच्छतालाई हेर्ने गरिन्छ, उनले भने, कर्णाली कस्तो छ भन्ने प्रदेश राजधानी वीरेन्द्रनगरलाई हेर्नुपर्छ । मुख्यमन्त्री शाहीले प्रदेश राजधानीलाई सरसफाइ, स्वच्छता, पूर्वाधारयुक्त बनाउन प्रदेश सरकार लागि परेको बताए ।

प्रदेश राजधानीको विकास नहुँदासम्म दुर्गम क्षेत्रको विकास र समृद्धिको कुरा गरेर हुदैन्, त्यसैले प्रदेश सरकारको ध्यान सम्पूणर् सुचकहरुमा वीरेन्द्रनगरलाई पूर्ण बनाउनेमा छ,’ उनले भने, यो अभियानमा स्थानीय तहहरुको हातेमालो र सहयोगको खाँचो छ । मुख्यमन्त्री शाहीले कर्णालीले जसरी सुरुमा एकमतका साथ नाम र राजधानी तय गर्‍यो त्यसैगरी पूर्ण सरसफाइ र स्वच्छ प्रदेश पनि बनाउन अग्रसर हुने बताए ।

पूर्ण र सरसफाईयुक्त वडा बनाउने हामी सबैको रहर, सफा र स्वच्छ हाम्रो घर “ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको ५ नम्बर वडा कर्णाली प्रदेशको तेस्रो र सुर्खेतको पहिलो सफा र स्वच्छ वडा घोषणा गरिएको छ । यस अघि हुम्ला जिल्ला खार्पुनाथ गाउपालिका-१ लाली कर्णाली प्रदेशकै पहिलो र हुम्ला जिल्ला सर्केगाड गाउपालिका-३ उनापानी दोस्रो पूर्ण सरसफाईयुक्त वडा घोषणा भइसकेका छन । ३ वटा वडा मात्र नभई पुरै कर्णाली प्रदेश नै पूर्ण सरसफाईयुक्त प्रदेश बनाउन सररसफाईसंगै पूर्वाधार बिकास, सामाजिक न्यायमा पनि महत्वपूर्ण कामहरु गर्दै वीरेन्द्रनगरलाई सभ्यताको नगर बनाउने कल्पना अनुसार प्रदेश सरकार सक्रियरुपमा लागेको मुख्यमन्त्री शाहीले बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले आफ्नो पाच वर्षे कार्यकालमा नगरपालिकालाईनै पूर्ण सफाइयुक्त बनाउने लक्ष्य भएपनि कोरोना संक्रमणका कारण त्यो पूरा हुन नसकेको र कर्णाली प्रदेशकै पहिलो पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने हाम्रो लक्ष्य भए पनि बिसम परिस्थितीले प्रदेशकै हुन सफल भएको उनले बताए । पुर्ण सरसफाइयुक्त मात्र नभई नगरलाई वातावरणमैत्री, वालमैत्री र विकासका अन्य सुचकहरुमा पनि पूणर्ता दिने गरेर आफ्नो नेतृत्वले काम गरेको मेयर सुवेदीले बताए ।