सुर्खेतमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने

 सुर्खेत –  सुर्खेतमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भएको हो । जिल्लाभरका सबै स्थानीय तहमा रहेका अनुमानित एक लाख ३५ हजार बालकालिकाहरुलाई खोप लगाउन लागेको जनस्वाथ्य सेवा कार्यांलय सुर्खेतले जनाएको छ । जन्मेको १५ महिना देखि १५ वर्ष सम्मका वालवालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाईने छ ।
राष्ट्रिय कार्यक्रम अन्तरगत नै सुर्खेतमा तीन चरणमा यो अभियानको शुरुवात गर्न लागिएको हो । पहिलो चरणमा यहीँ चैत २५ गते वीरेन्द्रनगर नगरपालिीकाका सबै वडाहरु, दोस्रो चरणमा चैत २६ गते भेरीगंगा नगरपालिका, चैत २८ गते गुर्भाकोट नगरपालिका, चैत २९ गते बराहताल, चिंगाड गाउँपालिका तथा लेकवेसी नगरपालिकाका सबै स्थानमा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । यसका साथै अन्तीम चरणमा २०७९ साल बैसाख ३ गते चौकुने र सिम्ता गाउपालीका अन्तरगतका सबै स्थानमा खोप अभियान सञ्चालन गरिने छ ।
जसमध्य वीरेन्द्रनगरका २२ हजार २३९, बराहतालका सात हजार ८३५, पञ्चपुरीका १० हजार ६२६ र चौकुनेका आठ हजार ७९८ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइनेछ । यसका साथै सिम्तामा सात हजार ८४१, चिंगाडमा पाँच हजार ९१५, लेकवेशीमा ८ हजार ३९७, गुर्भाकोटमा १२ हजार ९९७, भेरीगंगाका ११ हजार ८१९ जना वालबालिकालाइ टाइफाइड रोग विरुद्धको खोप लगाईने छ ।
१५ वर्षमुनिका बालकालिकाहरुमा टाइफाइड रोगको ११ गुणा संक्रमण हुने उच्च जोखिम रहेकाले न्यूनिकरण गर्न खोप अभियानलाई तिव्रता दिन लागिएको कार्यालय प्रमुख गणेशभक्त गौतमको भनाइछ ।