काठमाडाैँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको छ । उनलाई कोरोना सङ्क्रमण देखा परेको काठमाडाैँ महानगरपालिकाका प्रेस विज्ञ माेहन बास्ताेलाले बताए ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ । (गोरखापत्र)