गुराँस गाउँपालिकाले बस्तिबस्तिमा खानेपानी पु¥र्याउने

सुर्खेत – दैलेखको गुराँस गाउँपालिकाले बस्तिबस्तिमा खानेपानी पु¥र्याउने भएको छ । खानेपानी अभाव भएको हरेक बस्तिमा आयोजना निर्माण गरी स्थानीयलाई पानीको उपलब्धता पुर्ती गरिने भएको हो ।

जसका लागि गुराँस गाउपालिकाको सवै वडामा खानेपानि कार्यदल परिचालन गरी वडा कार्यलय मार्फत पाईप उपलब्ध गराई खानेपानी योजना निर्माण भईरहेको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

उनका अनुसार वडा कार्यलयबाट अपुग भयो वा वडा कार्यलयले उपेक्षा गरिएको बस्तिमा समन्धित बस्तिको माग र प्राविधिक स्टमेट अनुसार पनि आयोजना निर्माण गर्ने तयारी छ । भने आयोजना निर्माण गर्दा बस्तिमा उपभोत्ताले जनसर्वदान गरी पाईप लाईन खन्नुपुर्ने पालिकाले निर्णय गरेको छ ।

उक्त निर्णयका आधारमा ८ न वडाका पात्ले बस्ति, आईतेकाफल बस्ति र टाङकोट बस्तिमा पाईप उपलब्ध गराएको छ । यस्तै वडा कार्यलयबाट उपेक्षित पालिकाका विभिन्न बस्तिमा समेत खानेपानी आयोजना निर्माण गरिनेछन् ।

पालिकाले करिब ५० वटासम्म खानेपानी योजना निर्माण गर्ने लक्ष लिएको छ । तर वडा अध्यक्ष र केही व्यत्तिले यसलाई अतिरन्जित गर्न खोजी राजनिति दाउपेच गरिएको पालिका अध्यक्ष वलीलिे बताए ।