कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का

 काठमाडौं—कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. रविन खड्का नियुक्त भएका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डा. खड्कालाई नियुक्त गरेको हो । उनलाई प्रदेशकाे स्वास्थ्य निर्देशनालय प्रमुखकाे जिम्मेवारी दिइएकाे सामाजिक विकास मन्त्री दल रावलले हेल्थ आवाजलाई बताए ।

रेडियोलोजिष्ट डा. खड्का यसअघि वीर अस्पतालमा कार्यरत थिए । डा. खड्का दैलेख, हुम्ला, जुम्लाको जिल्ला अस्पतालको प्रमुख भएर काम गरिरहेका छन् ।

उनले देशकै ठूलो अस्पतालमध्येको भरतपुर अस्पतालको मेसुको समेत जिम्मेवारी सम्हालिसकेका छन् । उनी हालैमात्र सरकारी चिकित्सक संघको अध्यक्षमा विजयी भएका थिए ।( हेल्थ आवाज)