मह  यी पाँच चिजसँग सेवन शरीरका लागि विष बन्छ

काठमाडौं – स्वास्थ्यका लागि महका थुप्रै फाइदा छन् । यसले छालालाई जवान बनाइराख्नुका साथै चम्किलो बनाउँछ । स्वास्थ्यका लागि पनि महले अमृतले झैँ काम गर्छ । यद्यपि, यसलाई सही तरिकाले प्रयोग गर्न आवश्यक छ । थुप्रै मानिस महलाई गलत चिजसँग मिसाएर यसको सेवन गर्छन्, जुन खतरनाक हुने गर्छ । महलाई केसँग खाँदा शरीरका लागि यो विष बन्छ, यसबारे भारतकी डाइडिसियन अनिता झाले जानकारी दिएकी छिन् ।

स्वस्थ जीवनका लागि कसरी फाइदाजनक छ मह ?

महले एक औषधीको जस्तो काम गर्छ । बच्चा वा ठूला जो कसैलाई रुघा–खोकी लागेको छ भने महमा अदुवा मिसाएर खाने गरिन्छ । एक चम्चा महमा ६४ क्यालोरी हुन्छ र १७ ग्राम सुगर हुन्छ । यो सुगर फ्रुक्टोज–सुक्रोज, ग्लुकोज र माल्टोजको रुपमा हुन्छ । महको सेवन यसकारण पनि फाइदाजनक छ किनभने शरीरले यसले शरीरलाई हानी नगरी गुलियोको तलतल मेटाउन सक्छ । यसको प्रयोग विभिन्न कस्मेटिक्समा पनि गरिन्छ । महले पाचन शक्तिलाई दुरुस्त राख्छ र छालको चमक पनि यथावत् राख्छ ।

कुन चिजसँग महको सेवन नगर्ने ?

– चिया– कफी तातै पिइन्छ । महले पनि गर्मी गराउँछ । यी दुई मिसाएर खाँदा थकान र तनावको कारण बन्न सक्छ ।

– मूलासँग मह खानु हुँदैन । यसले शरीरमा टक्सिसिटी बढाउँछ जसका कारण भ्रम र बेचैनीजस्ता समस्या निम्तिन्छन् ।

– तातो खानेकुरासँग मह नखानुहोस् । चिली पोटेटोमा मह मिसाएर खाने ट्रेन्ड बढेको छ तर यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

– तातो वा उम्लिएको दुधमा गल्तीले पनि मह नमिसाउनुहोस् । यो दुध शरीरका लागि विषभन्दा कम हुँदैन ।

– घ्यू वा नौनीसँग पनि मह नखानुहोस् । यी दुई मिसाएर खाँदा घ्यू– नौनीको गुण नष्ट हुन्छ ।

– माछा–मासुसँग पनि महको सेवन गर्नु स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

तातो चिजसँग किन खानुहुँदैन मह ?

मह गर्मी खानेकुरा हो । यस्तोमा तातो खानेकुरासँग मिसाएर महको सेवन गर्दा पेटको समस्या हुनसक्छ । माथि उल्लेखित चिजसँग मह खाँदा शरीरमा टक्सिन बन्ने गर्छ जसका कारण छालामा एलर्जीजस्ता समस्या पनि निम्तिन सक्छन् ।

कुन चिजसँग मह खानु फाइदाजनक ?

गर्मीको मौसम आइरहेको छ । यस्तोमा शरीर धेरै थाकेको महसुस गर्छ । यसबाट बच्नका लागि हल्का मनतातो पानीमा मह मिसाएर सेवन गर्न सक्नुहुन्छ । प्रत्येक दिन बिहान मह पानी पिउनु स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ । आयुर्वेदका अनुसार गाजरको रससँग मह मिसाएर पिउँदा आँखाको ज्योति बढ्ने गर्छ । यसलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसैले रुघा खोकीमा अदुवाको रस मिसाएर पिउन सक्नुहुन्छ । चाहनुहुन्छ भने हरेक बिहान एउटा सानो चम्चा मह पिउन सक्नुहुन्छ । यसले छाला र कपाललाई निकै फाइदा पुर्याउँछ ।

महका अन्य फाइदा कस्ता ?

– अनुहारमा मह लगाउँदा डण्डिफोरको समस्या हट्छ ।

– महको नियमित सेवनले प्रतिरोधी क्षमता बढाउँछ ।

– घाँटीको खसखसमा यसको प्रयोगले आराम पुर्याउँछ ।

– सुख्खा छालामा महको प्रयोग उत्कृष्ट मानिन्छ ।

– शुद्ध महले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।