सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नवर –१ नाग्मा बजारमा गएको पहिरोका कारण भएकोे मानवीय क्षतीप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
आइतबार बिहाना गएकाे पहिराेमा परी भएको जन धनको क्षतीले आफूलाई स्तब्ध बनाएकाे बताए।
पहिरोमा परी निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री शाहीले शोकमा रहेका परिवारजनप्रति धैर्य गर्न आग्रह समेत गरेका छन् ।घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
पहिरो गएको खवर पाउने वित्तिकै मुख्यमन्त्री शाहीले उद्धार, खोजीकार्य एवं घाईतेहरुको उपचारको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिएको शोक वक्तव्यमा उल्लेख छ । यसका साथै प्राकृतिक बिपद जोखिम क्षेत्रबाट वसोवास सार्न, आवश्यक सुरक्षा सतर्कता अपनाउन स्थानियवासीहरुलाई आग्रह समेत गरेको शोक वक्तव्यमा उल्लेख छ।
आईतवार बिहान गएको पहिरोमा परि ८ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो ४ जनाको शव भेटिएको थियो भने साँझ थप ४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प¥याक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही छन् । सोही ठाउँका ३५ वर्षीय मनविर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाइ, उनका २५ वर्षीय श्रीमति छोइनु दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा परि २ जना अझ पनि वेपत्ता छन् । उनीहरुको खोजीमा सुरक्षाकर्मी र स्थानीय जुटिरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएका पुन्या शाही र स्थानीय अर्जुन हमालको उद्धार गरिएको थियो । उनीहरुको जुम्लामा उपचार भईरहेको छ ।
विपदका घटना घट्ने वित्तिकै उद्धार तथा उपचारको कार्यलाई प्रभावकारी वनाउन, जोखिमयुक्त क्षेत्रवाट अस्थायी रुपमा वसोवास सार्न, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरु गर्न प्रदेश सरकारका निकायहरु, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवालाहरुलाई मुख्यमन्त्री शाहीले आग्रह गरेकाे समेत शोक वक्तव्यमा गरिएकाे छ ।