नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले १३ किलो लागू औषध गाँजासहित दुई जनालाई शनिबार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाँके कोहलपुर नगरपालिका ११ बस्ने ४२ बर्षिय बिसराम थारु र राप्तीसोनारी गाउँपालिका ५ गोरधुई बस्ने २५ बर्षिय रामबहादुर चौधरीलाई उक्त परिमाणको गाँजासहित शनिबार डुडुवा गाउँपालिका ५, कमरसाबाट पक्राउ गरिएको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुबास खड्काले जानकारी गराउनुभयो ।
बाँके प्रहरीले उनीहरुको साथबाट २ वटा प्लाष्टिकको बोरा र २ वटा प्लाष्टिकको झोलामा बनाई राखेको १३ किलो गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।