काठमाडौं – नेपाली चलचित्रका नायक पह शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जबरजस्ती करणीको आरोप लागेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको बताए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेश लोहनीले अब कानुनी प्रक्रिया सुरु हुने जानकारी दिए । म्याद थपलगायत प्रक्रिया आजबाट सुरु गरिने उनको भनाइ छ ।
शाहले आज सामाजिक सञ्जाल फेसबुकमा आज आफैँ प्रहरीसामु उपस्थित हुने बताएका थिए ।
शाहविरुद्ध १७ वर्षीय एक गायिकाले तनहुँ प्रहरीमा यही फागुन ११ गते जबरजस्ती करणीको उजुरी दिएकी थिइन् ।