सुर्खेत – स्थानीय तहलाई लक्षित गरी कर्णालीमा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा सुरु भएको कार्यक्रमको उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटनगरे । प्रशिक्षण कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरु सहभागी छन् ।
प्रशिक्षण कार्यक्रमका लागि एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरख बोगटी, युवा नेता विष्णु रिजाल, निरज आचार्य सुर्खेत आएका एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । छन् ।