काठमाडौं – नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् ।
प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । ‘उनी केही बेरअघि छुटेकाे’ प्रहरी स्रोतले जनाएकाे छ ।