काठमाडौं – भारतीय अभिनेत्री तनिष्ठा चटर्जी नेपाली फिल्म ‘द स्काइ इज माइन’ देखिने भएकी छन् । निर्देशक दीपक रौनियारले फिल्मको मुख्य भूमिकाको लागि चटर्जी छनौट गरेको अंग्रेजी अनलाइन भेराइटी डटकमले जनाएको छ ।
दक्षिण एसियाको जातिय प्रथाको बिषयमा बन्न लागेको यो फिल्म दीपकले डेविड बार्कर र आशा मगरतीसँग मिलेर लेखेका छन् ।
फिल्ममा चटर्जीले ममताको भुमिकामा देखिनेछिन् । फिल्मको मुख्य भुमिकाका लागि आशा मगराती र दयाहाङ राई पनि छनौटमा परेका छन् ।
दीपक नचिने पनि फिल्मको कथा मनपरेकोले अभिनय गर्न लागेको चटर्जीले बताइन् । निर्देशक रौनियारले तनिष्ठाको करिअरलाई आफुले बिगत १० वर्षदेखि पछ्याइरहेकोले ममताको भुमिकामा प्रफेट देखेको बताए ।
रौनियार फिल्मको छायांकन बैशाखबाट सुरु गर्ने तयारीमा छन् । फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन्’ बाट वाहवाही बटुलेका रौनियारको सर्ट फिल्म ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन भइरहेको छ ।