सुर्खेत – जुम्लामा हिउँमा फसेकालाई उद्धार गर्न कर्णाली सरकारले हेलिकोप्टर पठाएको छ । जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।
उनका अनुसार हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्नुका साथै तत्कालका लागि खाद्यन्न वितरण गर्नेछ ।
हिउँ पाँच फिट जति परेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने अवस्था नभएपछि भोकबाट बचाउन तत्कालका लागि खानेकुरा खसालिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले बताए ।
जुम्ला तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर हेलिकप्टर गएको हो ।
स्थानीयवासी शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन् । उनीहरु सेतक चिनी ९खिरौंला० संकलन गर्न त्यहाँ गएका थिए । यसैबीच, हिउँमा पसेका दुई जनाको मृत्यु भएको छ ।