काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ७ सय ४५ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार देशभरि २ हजार ५ सय २६ जना संक्रमित भेटिँदा उपत्यकामा ७ सय ४५ जना संक्रमित भेटिएका हुन्।
यसमध्ये काठमाडौंमा ५ सय ७०, ललितपुरमा १ सय २० र भक्तपुरमा ५५ जना संक्रमित रहेका छन्। हाल काठमाडौं उपत्यकामा २९ हजार १ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं जिल्लामा १६ हजार ३ जना, ललितपुरमा ३ हजार ८ सय २९ जना र भक्तपुरमा ९ हजार ३ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयले जनाएको छ।