कालिकोटबाट छुटेको बस दुर्घटना, ३५ जना घाइते, दुईको अवस्था गम्भीर

सुर्खेत – कालिकोटबाट छुटेको बस दुर्घटना हुदाँ ३५ जना घाइते भएका छन् । भने दुईको अवस्था गम्भीर छ । उक्त बस बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका हुन्।

घाइतेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ। दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ।

सामान्य घाइते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ। कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।