पर्सामा कोरोनाबाट ३० दिनमा ३२ जनाको मृत्यु 

काठमाडौं—पर्सामा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । यो सँगै पछिल्लो एक महिनामा पर्सामा जिल्लामा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ९ भदौंसम्मको तथ्यांकअनुसार पर्सामा मात्र एक महिनाको अवधिमा ३० जनाको कोरोनाबाछ मृत्यु भएको उल्लेख छ । जसमा पछिल्लो २४ घण्टाको मृत्युसमेत जोड्ने हो भने यो संख्या ३२ पुग्न जान्छ ।

बिहीबार पर्सामा ६२ वर्षीय र ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्सामा अहिलेसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भैसकेको छ । अधिकांशको मृत्यु पछिल्लो एक महिनामा भएको हो । स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकमा कोरोनाका कारण १७५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो एक महिनामा पर्सामा मृत्यु भएकाहरु

८५ वर्षीया महिला

६५ वर्षीय पुरुष

७० वर्षीय पुरुष

६८ वर्षीय पुरुष

५६ वर्षीय पुरुष

३५ वर्षीय पुरुष

६५ वर्षीय पुरुष

६५ वर्षीया महिला

६८ वर्षीया महिला

१८ वर्षीया महिला

४६ वर्षीय पुरुष

४५ वर्षीय पुरुष

७९ वर्षीय पुरुष

५७ वर्षीय पुरुष

७४ वर्षीय पुरुष

२० वर्षीया महिला

२८ वर्षीय पुरुष

४५ वर्षीया महिला

६० वर्षीय पुरुष

४७ वर्षीय पुरुष

६० वर्षीय पुरुष

८६ वर्षीय पुरुष

४० वर्षीया महिला

७४ वर्षीय पुरुष

६१ वर्षीय पुरुष

५८ वर्षीय पुरुष

४८ वर्षीय पुरुष

५६ वर्षीया महिला

७० वर्षीया महिला

६८ वर्षीय पुरुष

६२ वर्षीय पुरुष

७२ वर्षीय पुरुष । स्राेत : हेल्थ आवाज ।