सीपीएल : सन्दीपको उत्कृष्ट प्रदर्शन, हार्‍यो टीम 

काठमाडौं – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। ​जमैका तलाबाजबाट खेलेका उनले चार ओभरमा १६ रन दिएका उनले २ विकेट लिएका छन्।

उनी आवद्ध जमैका भने बार्बाडोस ट्राइडेन्ससँग पराजित भएको छ। ट्रीनिडाड एन्ड टोबेगोमा आज विहान भएको खेलमा जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो। तर उसले १ सय १२ रन मात्रै बनाउन सक्यो।

जमैकाका लागि एनई बोर्नरको ३१ तथा जे ब्लाकउडको २८ रननै सर्वाधिक रह्यो। ​जमैकालाई सस्तैमा समेट्न बार्बाडोसका मिसेल सान्टर, जेशन होल्डर,रेमन रेफर र रासिद खानले समान २–२ विकेट लिए। ​ यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो।

पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो। पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो। बार्बाडोसको पनि यो दोस्रो जीत हो। दुवै टोलीले समान दुईखेलमा जीत निकालेका छन् भने तीन खेलमा पराजित भएका छन्।