१० दिनमा १२ जना फरार अभियुक्त पक्राउ

मुगु – हिमाली जिल्ला मुगुको जिल्ला प्रहरी कार्यालय मुगुले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जबरजस्ती करणी र चोरी मुद्दा, कुटपिट, सामान्य झगडामा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नं ११ रिखिया बस्ने परेक राज शाहीका छोरा वर्ष २१ का शुक्रराज शाहीलाई २०७७ साल भदौ ९ गते साझ ७ : ३० बजे खत्याड गाउपालिका वडा नं ११ बिरा बगर भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

बुधवार पत्रकार भेटघाटमा सो प्रतिवादीलाई सार्वजानिक गरेका हुन । उनले भने प्रहरीले पक्राउ गरेर जिल्ला अदालत मुगुमा पेश गरेको छ । नेपालबाट फरार रहेका भारतको पञ्जाबमा लुकेर बसेका शाही लकडाउनको मौका छोपि घर पुगेका शाही लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपि शाहको भनाई रहेको छ ।

०७४ फागुन २१ गते अदालतले शाहीलाई १० वर्ष कैद र ६९ हजार तीनसय रुपैयाँ जरिवनाको फैसला गरिएको कार्यालयले जनाएको छ । साविवको कोटडाडा गाविस वडा नं ४ हालको खत्याड गाउपालिका वडा नं ११ डाडबन स्थितमा लुकेर बसेका शाहीलाई पक्राउ गरि अदालतमा पेश गरिएको छ । कार्यालयले भदौ महिनाको १० दिनमा १२ जना फरार अभियुक्तलाई पक्राउ गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार, लागु औषध ओसार पोसार गर्ने व्यक्तिलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । उनीहहरु धरौटीमा छुटेको उनले बताए । डिएसपि साहले आफु मुगु जिल्लामा आए पछि जिल्लालाई लागु औषध मुक्त जिल्ला बनाउने उद्देश्यले जिल्लालाई शान्ति सुरक्षा अमनचयन लगायत अन्य विविध विषयमा प्रहरीले कदम चालेको छ ।