कर्णालीमा २४ घण्टाभित्र २५ संक्रमित थपिए

६ जना कोरोना संक्रमित डिस्चार्ज

सुर्खेत – पछिल्लो २४ घण्टाभित्र कर्णालीमा २५ जना कोरोना संक्रमित थपिएका छन् । भने ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार १३ र जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार १२ जना गरी २५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टी भएको हो ।

२४ घण्टामा थपिएका २५ संक्रमित मध्ये १२ जना दैलेखका रहेका छन् । यस्तै सुर्खेत २, काठमाडौं ३, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका १/१ जना र बाँके र जाजरकोटका २/२ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । भने पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २५ पुगेको छ ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २३ सय ४४ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय १३ रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ५४ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।