रुसले युक्रेनमा आक्रमण गर्ने विभिन्न बहाना बनाएको अमेरिकी अधिकारीको दावी

रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

रुसले विभिन्न बहानमा सैन्य अपरेसनहरु सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुस अधिकारहरुको तर्क छ ।

युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ । आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरुले उत्तेजित बनाएको बीबीसीले जनाएको छ । मस्कोले यसअघि नै अत्याधुनिक हतियारसहित करिब एक लाख सेना युक्रेन पठाइसकेको छ ।

यता, युक्रेनमा आधार दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक हुनुमा रुसकै संलग्नता रहेको भन्दै आशंका व्यक्त गरेको छ । आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनका अधिकारीहरुले दावी गरेका छन् । तर, रुसले उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । यता, अमेरिका र नाटोसम्बन्ध सेनाले भने रुसको सो कदमको विरोध गरेका छन् ।