‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय

काठमाडौं – अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार फिल्मको प्रदर्शन मितिसहित टिजर सार्वजनिक गरिएको हो।

टिजरमा मुख्य कलाकार अनमोल र सुहानालाई देखाइएको छ। जहाँ केही प्रेमिल तथा केही वियोगका दृश्य देखाइएको छ।

सुनीलकुमार थापाको निर्माण तथा झरना थापाको निर्देशन रहेको फिल्म आगामी बैशाख १ देखि प्रदर्शनमा आउने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ व्यावसायिक रुपमा सफल भएको थियो। ए मेरो हजुर ३ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले मन पराएपछि ए मेरो हजुर ४ मा पनि सोही जोडीलाई निरन्तरता दिइएको हो।

दुई दशकअघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको ए मेरो हजुरु व्यावसायिक रुपमा सफल भएको थियो। त्यसपछि सोही नाम सापटी लिएर झरनाले ए मेरो हजुरुको सिक्वेल बनाएकी हुन्।

ए मेरो हजुर ४ प्रदर्शन हुने मितिमै दुई वटा बहुप्रतीक्षित भारतीय फिल्म केजिएफ च्याप्टर २ र लाल सिंह चड्ढाु पनि प्रदर्शनमा आउँदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *