पछिल्लो २४ घन्टामा देशभर ३ हजार ७५ जनामा कोरोना पुष्टि


काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यीमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा छन्। काठमाडौं उपत्यकामा १ हजार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको जसमध्ये काठमाडौँमा १ हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना रहेका छन्।

यो अवधिमा २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ।

तीमध्ये संस्थागत आइसोलेसनमा ८८० र होम आइसोलेसनमा १० हजार ८१० जना रहेका छन् । त्यस्तै आइसीयुमा ८७ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।