‘संघीयताको नाममा हजारौं राजा पाल्न सकिदैन’

नेपालमा बेलायती मोडलको राजतन्त्र स्थापना हुनुपर्छ !

संघीयताका नाममा एक राजालाई हटाएर हजारौं राजा पाल्न नसकिने भन्दै नेपालमा पनि बेलायती मोडलको राजतन्त्र स्थापना हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पाटी सुर्खेतका अध्यक्ष कविराम पुरीको धारणा छ । नेपालमा ८१ प्रतिशत हिन्दु धर्मालम्बिको बाहुल्यता रहेको भन्दै हिन्दुराष्ट्र स्थापनामा उनले जोड दिएका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका ५ मा जन्मनुभएका पुरी राष्ट्रिय प्रजातन्त्र पाटीे स्थापनाकालदेखिका क्रियाशिल नेता हुन् । पाटीको संस्थापक सदस्यहुदै २०४९ सालको विद्यार्थी संगठनकको केन्द्रिय उपाअध्यक्ष समेत रहेका नेता पुरीसँग पाटीको वर्तमान स्थिती र भावी रणनितीबारे चन्द्रा कँडेलले गरेको कुराकानी सारांश :

तपाँइ जिल्ला अध्यक्षमा त सर्वसम्मत निर्वाचित हुनुभयो । हाम्राे तर्फबाट पनि बधाइ छ । तर अबको कार्यकालमा के कसरी काम गर्नुहुन्छ ?

धन्यबाद ! जिल्लामा राष्ट्रिय प्रजातन्त्र पाटी र पाटी राजनितिलालाई मजभुत गराउन मैले अध्यक्षको जिम्मेवारी सहर्ष स्विकार गरेको हुँ । सुर्खेत जिल्लामा राष्ट्रिय प्रजातन्त्र पाटीलाई थप बलियो बनाउनका लागि अब सुर्खेत जिल्लाको ९९ वटै वडा र ९ वटै स्थानीय तहमा संगठन बनाएर चुस्त, द्रुस्त तरीकाले राजनैतिक क्रियाकलाप अघि बढाउेनेछौं । र पाटीलाई अग्रणी राष्ट्रिबादी पाटी बनाउन तथा प्रजातान्त्रिक दिशातिर लैजान मेरो ध्यान केन्द्रित हुनेछ । र सोही अनुसार काम गर्दै जानेछु ।

वीरेन्द्रनगरमा हुने जनसभाको तयारी के कस्तो छ ?

कर्णाली प्रदेशमा पाटीको विस्तारीत बैठक २३ गते बस्नेछ । सोही अनुसार २४ गते आमसभा हुनेछ । त्यसको तयारीका लागि विभिन्न कमिटी निर्माण गरेर सबैलाई कामको जिम्मेवारी दिदै जनसभालाई व्यापक बनाउने तयारी छ ।

सुर्खेतमा अन्य ठुला दलको ब्रचश्व छ । यस्तोबेलामा राप्रपा पाटी कसरी अघि बढ्छ त ?

पाटीको स्पष्ट निती र कार्ययोजना छ । सोही अनुसार अघि बढ्ने हो । कहीकतै अलमलिन पर्ने अवस्था नै छैन । किनकी म राप्रपामा आवद्ध भएदेखि एमाले, कांग्रेस लगाएत अन्य पाटीबाट मलाई केन्द्रिय सदस्यसम्मको प्रस्ताव आएको थियो । भने विगतको निर्वाचनममा पनि मैले पाटी परिवर्तन गरेको भए मेयरसम्मको प्रस्ताव आएको थियो । तर म एउटा राप्रपाको संस्थापक व्यक्तिले यसरी स्वार्थमा लागेर हिडेभने पाटीलाई नै ठुलो घात हुन्छ भन्ने लाग्यो । र नेपालको राजनिती इतिहासलाई हेर्दा परिवर्तनलाइ हामीले स्वाकार्यौ । तर परिवर्तनका नाममा विदेशीबाट लादेर राज संस्था र हिन्दु राष्ट्रमाथी ठुलो घात भयो । संघीयताका नाममा एक राजालाई हटाएर हजार र।जा पाल्ने काम भयो । अहिले हजारौं राजाहरुले देश लुटेर सक्न थालेका छन् । यसरी बढ्दो भ्रष्टाचारसँगै हजारौं राजा पाल्न सकिदैन । देश डुब्छ । हामी विचारबाट विचलित भएका छैनौं । बैचारिक दृष्टिकोणले हामी सबैभन्दा बलियो पाटी हौं । हाम्रो विचारलाई स्थापित गर्न हामी सडक आन्दोलन समेत गर्न समेत तयार छौं ।

राज संस्था र हिन्दु राज्य स्थापनाका लागि आम नागरिकको सपोर्ट भने देखिदैन । यस्तो अवस्थामा तपाँइहरुसँग राज संस्था र हिन्दु राज्यलाई स्थापित गर्ने आधार के छन् ?

जो राजतन्त्रलाई फालेर गणतन्त्र ल्याउदाँ नेपाली नागरिकले आफ्नो दैनिकि फेरीएला र देश स्विजरल्याण्ड जस्तो बन्ला भन्ने कल्पना गरेका थिए । तर नागरिकले सोचेजस्तो देशको अवस्था परिवर्तन भएको छैन । राजतन्त्र हुदाँ र नहुदाँ नागरिकको अवस्था उस्तै छ । भ्रष्टाचार मौलाउँदै गएको छ । पाटी भन्दा जनता ठुलो हुनुपर्नेमा ठुला पाटीले जनतालाई अपमानित गर्ने ढंगले अघि बढेका छन् । पाटीभित्रकै गुटलाई पालन पोषण गर्ने प्रवृति छ । यस्ता कार्यले गर्दा नागरिकमा नैरास्यता छाएको छ । अहिलेका राजनितिक दलप्रति आक्रोश र पीडा छ । दलहरु लिगभन्दा बाहिर गएका छन् । शान्ती सुरक्षामा खलबल छ । यसले गर्दा राष्ट्र नै असफल हुने हो की भन्ने चिन्ताका कारण आज राष्ट बचाउने ध्येयले राष्टबादी जनताले मेची महाकाली बचाउन अभियान संचालन गरेका छन्ु । यो अभियानको नेतृत्व पनि राप्रपाले गरेको छ । यो भनिरहदाँ हामीले सक्रिय राजतन्त्रको परिकल्पना पनि गरेका छैनौ । बेलायती मोडलको राजतन्त्र स्थापना हुनुपर्छ भन्ने परिकल्पना गरेका छौं । जसले राष्टको अभिभावकिय भुमिका खेलोस भन्ने हो । प्रत्यक्ष बालिक मताधिकारको व्यवस्थाबाट प्रधानमन्त्री निर्वाचित, पूर्णसमानुपातिक संसद र यसबाट मन्त्री बन्न पाउने व्यवस्था, संघीयता खारेज, २०४६ भन्दा यताका उच्च पदस्थ राजनेता तथा कर्मचारी सम्बद्ध चाँज आयोग गठन गरी जनताकाबिचमा लैजाने राप्रपाको योजना छ ।

देशमा गणतन्त्र स्थापना भइसकेको छ । सोही अनुसार संविधान पनि बनेको छ । तर तपाँइहरु संविधानभन्दा बाहिर गएर राजतन्त्र र हिन्दुराष्टको कल्पना गर्दैमा एजेण्डा सफल होला त ?

हामीले संविधान स्विकार्यका छौं । तर संविधानमा उल्लेख भएका सबै धारा र दफाहरु पनि त ठिक छैनन् । किनकी जहाँ सबैभन्दा धेरै करिब ८१ प्रतिशत हिन्दुको बाहुल्यता हुदाँहुदै हिन्दु राष्टको माग गर्दागर्दै यसबारे ध्यान नदिएर दबाइ राखियो । बलमिच्याइले संविधान पारित गरियो । हिन्दुधर्मालम्बीमाथि धार्मिक आक्रमण भएको छ । यसप्रति हाम्रो पाटीको घोर आपत्ति छ । हाम्रो राष्टियतामाथि धावा बोलिएको छ । यसलाई सडक आन्दोलन गरेर होस् वा निर्वाचन उपयोग गरेर होस् हामी हिन्दु राष्ट स्थापना गरेरै छोड्छौं । सबै हिन्दुधर्मालम्बी नेपालीको हामीलाई सपोर्ट छ । त्यसैले ढिलै भएपनि हाम्रो एजेण्डा सफल हुन्छ ।

त्यसोभए सडक संघर्षका कार्यक्रम के के छन् ?

अहिले पाटी अध्यक्षले सबै प्रदेशमा गएर कार्यकर्ता भेटघाट तथा आफ्नो धारणा राख्दै आउनु भएको छ । सबै प्रदेशमा विस्तारित बैठेक बस्दै छन् । अब राप्रपा एक विशाल पाटी बन्नेछ । पाटीको कार्यविधि बन्दैछ । त्यसपछि कार्यविधि अनुसार आन्दोलन र निर्वाचनका कार्यक्रम तय हुनेछन् । त्यसमा सबै नेपालीको साथ हुनेछ । सोही अनुसार सबै हिन्दु नागरिकको अभिमतबाट हिन्दु राज्य कायम हुनेछ ।

अन्त्यमा, राप्रपाप्रति नागरिकको बुझाइ र केही छुटेका कुरा छन् भने बताउनुहोस् ?

हामी राप्रपामा लागेका मानिसहरु अरु भन्दा कम छैनौं । अन्य दलका भन्दा राम्रा मन विचार भएका व्यक्तिहरु हम्रो पाटीमा हुुुनुहुन्छ । अरुभन्दा कम क्षमता पनि छैन । तर जसरी यस अघि कांग्रेस र कम्यूनिष्टलाइ भोट हाल्नुभयो अब आम नागरिकले सोच्ने बेला भएको छ । देश अत्यन्तै संकटमा छ । बाह्य हस्तक्षप छ । एमसीसी जस्ता अपराधिक अमेरिकि कानुन ल्याएर नेपाललाई रणभूमि बनाइदैछ । यो अत्यन्तै दुखदायी हटना हो । यसलाई विफल पार्न हामी आहुती दिन तयार छौं । यसलाई डटेर सामना गर्नेछौं । यदी वर्तमान सरकारले बहुमत सावित गरेर एमसीसी पास गरेपनि हामी सडकबाट विरोध गरेर यो कार्यक्रम खारेख गछौं । परिवर्तन संभव छ । नागरिक हाम्रो साथमा हुनेछन् । र विकृति, विसंगति विरुद्ध हामी सँधै जनतालाई साथमा लिएर लड्नेछौं ।