काठमाडौं – नेपाल प्रहरीका एसएसपी ९वरिष्ठ प्रहरी उपरीक्षक० सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान शुरु गरेको जनाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। उनले भने, ुअन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो।ु
यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए। मृत्युको कारण खुल्न सकेको छैन।