काठमाडौं – सरकारले धर्मालम्वीहरुको चाड क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेका अवसरमा भोलि शनिबार सार्वजनिक विदा दिइने बताए।
सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ ९१० बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाँकसेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताए।