यु-१९ एसिया कपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं – युएईमा सुरु भएको एसीसी यू(१९ एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशको सामना गर्दा नेपाल आफ्नो उत्कृष्ट लय देखाउने ध्याउन्नमा हुने छ। युएईको सारजाह मैदानमा हुने खेल ११स्१५ मा सुरु हुने छ।

जरी प्रतियोगितामा नेपाल अन्डरडगको छवि बनाउने प्रयासमा हुने छ। विश्व विजेता बंगलादेश भने नेपाललाई हराउँदै एसियाकपमा पनि आफ्नो रवाफिलो प्रदर्शनको सुरमा छ।

नेपाल र बंगलादेशबिच भएका पछिल्ला ५ खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध २६ डिसेम्बर मा खेल्नेछ। २००८ को जनवरी २६ मा भएको खेल वर्षाका कारण रद्ध भएको थियो। त्यसपछि भएका सबै चार खेलमा नेपाल पराजित भयो।

बंगलादेश साविक विश्वकप च्याम्पियन भएकाले यू(१९ एसियाकपमा पनि उसको दाबेदारी बलियो मानिएको छ। विश्वकप जित्दाका कप्तान रकिबुल हसनलेनै एसियाकपमा पनि कप्तानी गर्ने छन्।

नेपालको कप्तान भने डेभ खनालले गर्ने छन्। त्यस्तै विश्वकप जित्दाका ओपनर प्रान्तिक नबिल पनि यू(१९ टीमको मुख्य खेलाडीका रुपमा रहने छन्। उनले भारतसँगको अभ्यास खेलमा १ सय १ रनको शतकीय इनिङ खेलेका थिए।​

समूहचरण अन्तर्गतनै नेपालले समूहको अन्तिम खेलमा कुवेतविरुद्ध २८ डिसेम्बरमा प्रतिस्पर्धा गर्ने छ। दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिताको सेमिफाइनल ३० डिसेम्बरमा हुँदा फाइनल १ जनवरीमा हुने कार्यतालिका रहेको छ।