कोरोनाविरुद्धको खाने चक्की अमेरिकामा प्रयोगको अनुमति


काठमाडौं – अमेरिकाको फाइजर कम्पनीले कोरोना भाइरसको उपचारमा खाने चक्की पनि बनाएको छ। चक्कीलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले अनुमति प्रदान गरेको छ।

१२ वर्षमाथिका व्यक्तिमा कोभिड पुष्टी भएका बिरामीलाई चक्की खान दिँदा अस्पताल जान नपर्ने र मृत्युवरण पनि गर्न नपर्ने बताइएको छ।

प्याक्सलोभिड नामक चक्कीको प्रभावकारिता ८९ प्रतिशत रहेको दाबी गरिएको छ। अमेरिकामा मात्रै दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमितहरु फेला परेको अवस्थामा फाइजर कम्पनीले यो वर्ष १ लाख ८० हजार पूरा मात्रा उत्पादन गर्ने क्षमता राख्दैछ।

मागभन्दा ज्यादै कम उत्पादन क्षमता रहेपनि कोभिड उपचारको क्षेत्रमा प्याक्लोभिड चक्कीले मानिसहरुमा नयाँ उत्साह जगाएको छ।

कोभिड लक्षण देखिएको पाँच दिनभित्र खुवाउन शुरु गर्ने विभिन्न प्रकारका यसका च्क्कीहरु ५ दिनसम्ममा पूरा मात्रा दिनु पर्ने फाइजरले जनाएको छ।