काठमाडौं – लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा पुगेका छन्। गएराति भएको खेलमा जित निकालेर तिनै टिमले अन्तिम चारको स्थान सुरक्षित गरेका हुन्।
लेस्टर सिटीविरुद्ध मैदानमा उत्रिएको लिभरपुलले ५–४ को अग्रतामा जित निकाल्यो । निर्धारित समयमा दुवै टिमले बराबरी ३–३ गोल गरेपछि ट्राइब्रेकरबाट हार–जित छुट्याइएको हो।
गएराति नै भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्यो। चेल्सीले २ को अग्रता कायम गर्दा ब्रेन्टफोर्डले शान्त्वना गोलसम्म फर्काउन सकेन ।
त्यस्तै, टोटनह्यामको सामू वेष्ट ह्याम पनि चुकेको छ । गएराति भएको खेलमा टोटनह्यामले २ गोलका साथ विजयी हुँदा वेस्ट ह्याम १ गोलमा रोकिएको हो । योसँगै लिभरपुल, चेल्सी र टोटनह्याम लिगकफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।