माओवादी प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी


विराटनगर – नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्।

मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए। अध्यक्षमा ७ मत बदर भएको थियो।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ ९१११०, देवान चाम्लिङ ९१२०० र शिवकुमार डाँगी ९११३० विजयी भएका छन्। सचिव पदमा गणेश उप्रेती ९सुशील०ले १४८ मत ल्याएर विजयी बने। उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए।

यस्तै ३ जना सहसचिवमा कुमारी राई ९११४०, सागर किराँती ९७३० र ऋषिराम ढुंगाना ९९५० विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो। मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *